News बराहक्षेत्र मेयर लिग कपः वार्ड नम्बर १ फाइनलमा
गोलनेपाल

बराहक्षेत्र । उत्कृष्ट जितका साथ वार्ड नम्बर १ यहाँ जारी बराहक्षेत्र मेयर लिग कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलतर्फ वार्ड नम्बर १ ले साविक विजेता वार्ड नम्बर ३ लाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।

देवघाट स्थित बसन्त ऋतु माविको खेलमैदानमा भएको खेलमा वार्ड नम्बर १ का लागि छेम्बी हाङ राईले दुई गोल गरे भने थप एक गोल प्रशान्त राईले गरे । खेलमा वार्ड नम्बर १ का छेम्बी हाङ राई म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल वार्ड नमबर ५ र ७ बीच हुने आयोजकले जानकारी दियो ।

बराहक्षेत्र नगर खेलकुद विकास समिति, सुनसरीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । बराहक्षेत्र नगरपालिका, सुनसरी संरक्षक रहेको प्रतियोगिताको समापन भने फागुन ४ गतेका दिन हुनेछ ।

Post Comments