News
अठ्ठाईस बिगाहा क्वाटरफाइनलमा
मध्यविन्दु । अठ्ठाईस बिगाहा युवा क्लब, कावासोती यहाँ जारी छैठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
मध्यविन्दु नगरपालिका-४ स्थित राइनो रंगशालामा भएको खेलमा अठ्ठाईस बिगाहाले लुम्बिनी प्रदेशलाई शुन्यका विरुद्ध ३ गोलले हरायो ।
अठ्ठाईस बिगाहाको जितमा सुशील लामा, समिरराज थोकर र निरज चौधरीले गोल गरे । खेलमा अठ्ठाईस बिगाहाका गोलरक्षक तथा कप्तान बिरेन्द्र सारु म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत फागुन १ गते मंगलबारको खेल बागमती प्रदेश र नेपाल एपीएफ क्लब बीच हुने आयोजकले जानकारी दियो ।
राइनो क्लब, मध्यविन्दु-४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- गैँडाकोट खेलकुद सुधारको आवाज बुलन्द: सुदन पराजुलीको संयोजकत्वमा खेलप्रेमी युवाहरूको सामूहिक ध्यानाकर्षण
- शानदार जितसहित जनशक्ती दोस्रो जेनिथ कपको क्वाटरफाईनलमा
- गण्डकी प्रदेश पुलिसलाई प्रथम कावासोती गोल्डकपको उपाधि
- हनामी भरतपुर एफसी फाइनलमा, उपाधिका लागि गण्डकी पुलिससँग भिड्ने
- गण्डकी प्रदेश पुलिस फाइनलमा