News मनकामना सेमिफाइनलमा प्रवेश
गोलनेपाल

काठमाडौं। मनकामना सेकेण्डरी स्कुल, जोरपाटी नेपाल एपीएफ स्कुल, कीर्तिपुरको आयोजनामा जारी प्रथम NAPFS अन्तर-विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ्ग ट्रफी फुटबल प्रतियोगिता-२०८० को सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनकामनाले जेम्स स्कुल, धापाखेललाई ३-२ को गोल अन्तरले पराजित गरी सेमिफाइनल प्रवेश गरेको हो । खेलमा मनकामनाका विवेक लामिछाने म्यान अफ द म्याच घोषित भए । 

प्रतियोगिता अन्तर्गत फागुन ३ गते तीन क्वाटरफाइनल खेलहरु हुनेछन । जसअन्तर्गत नेपाल एपीएफ स्कुल कीर्तिपुर (क) विरुद्ध नेपालय ईङ्गलिस पब्लिक स्कुल भिड्नेछ भने नेपाल एपीएफ स्कुल कीर्तिपुर (ख) विरुद्ध नेपाल पुलिस स्कुल, साँगा, काभ्रे भिड्नेछ ।

त्यस्तै सैनिक आवासीय महाविद्यालय, सल्लाघारी विरुद्ध लेबोरेटरी माध्यामिक विद्यालय, कीर्तिपुरले खेल्नेछ ।

Post Comments