News छैठौं पिस प्वाइन्ट कप हुँदै
गोलनेपाल

काठमाडौं । पिस प्वाइन्ट बोर्डिङ स्कुल, काठमाडौंको आयोजनामा यही फागुन ९ देखि १६ गतेसम्म छैठौं पिस प्वाइन्ट कप युथ फुटबल प्रतियोगिता हुने भएको छ ।

ज्ञानेश्वर स्थित सानो गौचरन खेलमैदानमा हुने प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ८५०० तोकिएको छ । प्रतियोगितामा अण्डर एसईई (SEE) का खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउने आयोजकले जानकारी दियो ।

पेपे पिज्जाको मुख्री प्रायोजन रहेको प्रतियोगिताको विजेताले उपाधी सहित ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो हुने टोलीलाई पनि नगद १० हजार पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

स्मरण रहोस, आयोजक स्कुलले नेपालको चर्चित मच्छिन्द्र फुटबल क्लबसँगको सहकार्यमा मच्छिन्द्र-पिस प्वाइन्ट युथ एकेडेमी पनि सन्चालन गरिरहेको छ ।

Post Comments