News फिफा वरियतामा नेपाल यथावत
गोलनेपाल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले निकालेको ताजा वरियतामा नेपालको स्थान १७५औं स्थान मै यथावत रहेको छ । दक्षिण एसियातर्फ भने नेपालको स्थान भारत र माल्दिभ्स पछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण एसियातर्फ शिर्ष स्थानमा रहेको भारत भने १५ स्थान तल खस्कदै ११७औं स्थानमा झरेको छ । हालै सम्पन्न एएफसी एसियन कपमा गरेको खराब प्रदर्सनले पनि भारतको वरियतामा असर गरेको हो ।

त्यस्तै १६१औं स्थानमा रहेको माल्दिभ्स दक्षिण एसियातर्फ दोस्रो स्थानमा छ । १८३औं स्थानमा रहेको बंगलादेश र १८४औं स्थानमा रहेको भुटान दक्षिण एसियातर्फ क्रमशः चौथो र पाँचौं स्थानमा छ ।

त्यसैगरी १९५औं स्थानमा रहेको पाकिस्तान र २०४ स्थानमा रहेको श्रीलंका दक्षिण एसियातर्फ क्रमशः छैठौं र सातौं स्थानमा छन ।

विश्व वरियताको शिर्ष स्थानमा विश्व च्याम्पियन अर्जेन्टिना रहेको छ । त्यस्तै दोस्रो स्थानमा फ्रान्स र तेस्रो स्थानमा इङ्ल्याण्ड रहेको छ ।

Post Comments