News गण्डकी प्रदेश राइनो गोल्डकपको फाइनलमा
सुरज राना मगर

मध्यविन्दु । संघर्षपुर्ण जितका साथ गण्डकी प्रदेश यहाँ जारी छैठौं राइनो संरक्षण गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको पहिलो सेमिफाइनलमा गण्डकीले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा हराउँदै उपाधि नजिक पुग्न सफल भएको हो ।

त्यसअघि मध्यविन्दु–२, कोल्हुवा स्थित राइनो रंगशालामा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने गण्डकीले पुलिसलाई ६–५ ले हराउँदैफाइनलमा स्थान सुरक्षित गर्न सफल भएको हो ।

खेलमा गण्डकीका सुरज जिउ ठकुरी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तर्गत फागुन ७ गते सोमबार दोस्रो सेमिफाइनल खेल अठ्ठाइस बिगाहा युवा क्लब, कावासोती र सेन्ट्रल कलेज फोर ब्रदर्श एफसी, नवलपरासी बीच हुने आयोजकले जानकारी दियो ।

राईनो क्लब, मध्यविन्दु९४, नवलपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद ८ लाख हात पार्नेछ भने उपविजेताले ४ लाख प्राप्त गर्नेछ । फाइनल ल्हेल यही फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments