News कुँवरवर्ती र खस्यौली सेमिफाइनलमा
सुरज राना मगर

देवदह । अन्तिम दुई क्वाटरफाइनलतर्फ जित निकाल्दै कुँवरवर्ती फुटबल क्लब र खस्यौली फुटबल क्लब यहाँ जारी तेस्रो वार्ड अध्यक्ष कप खुला सेभेन ए साईड नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

देवदह–१० स्थित चरङ्गे खेलमैदानमा भएको तेस्रो क्वाटरफाइनलतर्फ कुँवरवर्तीले शिवपुर फुटबल क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा स्थान बनायो । कुँवरवर्तीका लागि अनुप बस्नेत क्षेत्रीले एक मात्र निर्णायक गोल गरे । खेलमा कुँवरवर्ती कै जमिर मियाँ म्यान अफ द म्याच घोषित भए ।

चौथो तथा अन्तिम क्वाटरफाइनलमा भने खस्यौलीले आदर्श फुटबल क्लबलाई टाईब्रेकरमा ३–२ ले हरायो । त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । खेलमा खस्यौलीका गोलरक्षक अनुप थापा म्यान अफ द म्याच घोषित भए ।

शान्ति टोल युवा परिवार, देवदह–१०, चरङ्गेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५५ हजार हात पार्नेछ भने उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष मोहन थापाले जानकारी दिए । फाइनल खेल भने यही फागुन ११ गतेका दिन हुनेछ ।

Post Comments