News सहारा एकेडेमीलाई सहारा स्पोर्टसको फुटबल बुट सहयोग
गोलनेपाल

पोखरा । पोखरा महानगरपालिका १७ स्थित दोभिल्लामा सञ्चालित सहारा फुटवल एकेडेमीका बालकहरुलाई फुटवल बुट सहयोग हस्तान्तरण गरिएको छ । पोखराको सहारा स्पोर्टस कर्नरको पहलमा तथा गेगा फुटवल बुट कम्पनीको सहयोगमा प्राप्त २४ थान फुटवल बुट सहयोग हस्तान्तरण गरिएको हो ।

स्पोर्टस कर्नरकी संचालक कल्पना कंडेलले एक कार्यक्रमका बीच सहारा क्लवका उपाध्यक्ष एवं एकेडेमीका संयोजक विश्वराज बराल, एकेडेमीका कप्तान शिशिर क्षत्री, पूर्व कप्तान कमल समय मगर सहितको टोलीलाई सहयोग गरेकी हुन् ।

संचालक कंडेलले सहारा एकेडेमीमा उक्त फुटवल बुट उपलब्ध गराउन कम्पनीसंग सहजीकरण गरी कम्पनीले आफ्नो सामाजिक उत्तरदाहित्व अन्र्तगत करिब ३० हजार मुल्य बराबरको उक्त बुट सहयोग गरेको बताईन् ।

पर्यटकीय नगरी पोखरामा विगत ६ बर्ष देखि खेलकुद सामाग्रीहरु बिक्रि वितरण गर्दै आएको कर्नरले आगामी दिनमा पनि एकेडेमीमा थप सहयोग उपलब्ध गराउन पहल गर्ने भएको कंडेलले जनाइन् ।

देशमा लकडाउन भएको अबस्थामा पनि कम्पनीले उक्त बुट उपलब्ध गराएकोमा धन्यवाद दिदै एकेडेमीका संयोजक बरालले विभिन्न सहयोगीको हातबाट एकेडेमी संचालन हुदै आएको बताए ।

स्मरण रहोस एकेडेमीमा हाल १३ जिल्लाका २४ बालकहरु रहेका छन् । लकडाउनको समयमा उनीहरुलाई फुटवल एकेडेमी मै राखेर दैनिक प्रशिक्षण दिंदै आएको समेत संयोजक बरालले जनाए ।

त्यति मात्र नभएर एकेडेमी सञ्चालानार्थ नै सहारा क्लबले बार्षिक रुपमा प्रतिष्ठित आहा! रारा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ । साथै देश विदेशमा रहेका विभिन्न शुभेच्छुक र सदस्यहरुबाट पनि एकेडेमीलाई सहयोग हुँदै आइरहेको संयोजक बरालले जानकारी दिए ।

 

Post Comments