News
पूर्व नेपाल कप्तान तथा पूर्व सदस्य–सचिव सिंहको निधन
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव तथा पूर्व नेपाल कप्तान राजबहादुर सिंहको ८८ वर्षको उमेरमा निधन भएको छ ।
सिंहको शुक्रबार राती छाउनीस्थित निवासमा निधन भएको नाती सुशील मल्लले जनाएका छन् ।
सिंह लामो समयदेखि दमको रोगबाट पीडित थिए । स्व. सिंह राखेपका सातौं सदस्य–सचिव हुन् । उनी २०४८ देखि २०५० सालसम्म राखेपको सदस्य–सचिवको जिम्मेवारीमा थिए ।
स्व. सिंहको शनिबार पशुपति आर्याघाटमा अन्त्येष्टि गरिएको छ । स्व. सिंहका श्रीमति, दुई छोरा र छोरी छन् ।
गोलनेपाल स्व. सिंहको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेद्ना व्यक्त गर्दछ ।
Post Comments
Related News
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान