
काठमाडौं । वाफ महिला च्याम्पियनसिपतर्फ शतप्रतिशत जितका साथ साविक विजेता जोर्डन समूह ए को सामुह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह चरणतर्फ लगातार तेस्रो जित निकाल्ने क्रममा जोर्डनले लेबनानलाई २-० ले हरायो । सोही समुहको अर्को खेलमा गुआमले आयोजक साउदी अरेबियालाई समान २-० अन्तरले नै हरायो ।
यी दुई खेलको नजिता पश्चात् तीन खेलबाट ९ अंक जोडेको जोर्डन समूह को शिर्ष स्थानमा रहँदै समूह विजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्यो । त्यस्तै अन्तिम खेलमा हार बेहोर्नुका बावजुद पनि लेबनान ६ अंकका साथ दोस्रो स्थानमा रहेर समूह उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।
त्यस्तै अन्तिम खेलमा जित हात पारेको गुआम ३ अंकका साथ तेस्रो र अंकविहीन साउदी पुछारमा रहँँदै समूह चरणबाटै बाहिरिए ।
जोर्डनले अब सेमिफाइनलमा समूह बी को उपविजेतासँग र लेबनानले समूह बी को विजेतासँग सेमिफाइनलमा भिडनेछ । समुह्बी को विजेता तथा उपविजेता टोलीहरुको टुंगो आज लाग्दैछ ।
- जोर्डन पहिलोपटक फिफा विश्वकपका लागि छनौट, दक्षिण कोरिया पनि छनौट
- उज्वेकिस्तान पहिलोपटक फिफा विश्वकपका लागि छ्नौट
- एएफसी यु-२३ एसियन कप छनौटको समूह के मा नेपाल
- अल अहली पहिलोपटक एसियाली क्लब फुटबलको च्याम्पियन
- एएफसी च्याम्पियन्स लिग इलिटमा अल नासरको चुनौति पनि समाप्त, उपाधिका लागि अल अहली र कावासाकी भिड्ने