News
केपी ओली कप: एनआरटी सेमिफाइनलमा
काठमाडौं । न्युरोडटिम (एनआरटी) यहाँ जारी केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको पहिलो क्वाटरफाइनलतर्फ एनआरटीले थ्रीस्टार क्लबलाई शुन्यका विरुद्ध १ गोलले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने पहिलो टोली बनेको हो ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा एनआरटीका लागि पहिलो हाफतर्फ २८औं मिनेटमा बिबेक गुरुङले गरेको एक मात्र गोल निर्णायक गोल बन्यो ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा शुरु प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १९ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै