News पिस प्वाइन्टको जितमा राहुलको १४ गोल
गोलनेपाल

काठमाडौं । आयोजक पिस प्वाइन्ट ‘ए’ छैटौं पिस प्वाइन्ट कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सानो गौचरण मैदानमा पिस प्वाइन्टले प्रस्फुटनलाई २४–१ को विशाल गोलअन्तरले पराजित गर्यो । पिस प्वाइन्टको जितमा ‘म्यान अफ द म्याच’ राहुल लामाले शानदार प्रदर्शन गर्दै १४ गोल गरे । अभय घिमिरेले ३, पवन बुढाथोकी, विशेष थिङ र प्रज्ञान राईले समान २–२ तथा युबिक ढकालले १ गोल थपे । प्रस्फुटनका कुशल गिरीले सान्त्वना गोल फर्काए ।

मनकामना र एकलब्य पनि आ–आफ्नो खेल जित्दै सेमिफाइनलमा पुगे । मनकामनाले एनसीसीएसलाई ९–० को फराकिलो गोलअन्तरले हरायो । ‘म्यान अफ द म्याच’ सनिल मगर र अनिश दंगालले समान २–२ तथा कृष्ण मोक्तान, मानाव बम्जन र रोजन चिमरियाले समान १–१ गोल गरे । बाँकी २ गोल आत्माघाती थियो ।

एकलब्यले सम्भावीमाथि ४–० को जित दर्ता गर्यो । ‘म्यान अफ द म्याच’ निरज कोइराला, विशेष खड्का, रोहन बस्नेत र अनिल शाहीले समान १–१ गोल गरे । सेमिफाइनलमा एकलब्यको भेट गेटवे एकेडेमीसंग हुनेछ भने पिस प्वाइन्टले मनकामनासंग खेल्ने छ ।

Post Comments