News आर्मी फरवार्ड राजिव पनि अष्ट्रेलिया प्रस्थान
गोलनेपाल

काठमाडौं । त्रिभुवन आर्मी फुटबल क्लबका नियमित सदस्य तथा फरवार्ड राजिव गुरुङ पनि अष्ट्रेलिया पुगेका छन् । सेना मै जागिरे समेत रहेका राजिवले जागिर छाडेरै अष्ट्रेलिया हानिएका हुन् । त्यसो त आर्मी कै चर्चित राष्ट्रिय मिडफिल्डर सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे पनि केही पहिले अष्ट्रेलिया पुगिसकेका छन् ।

यता राजिवले अष्ट्रेलियामा नयाँ क्लब समेत पाएका छन् । उनले त्यहाँको औबर्न नेप्लिज फुटबल क्लबबाट अष्ट्रेलियामा फुटबल खेल्नेछन् । स्मरण रहोस, राजिव केही अघि मात्रै सेनाको जमदार पदमा बढुवा समेत भएका थिए ।

सेनामा जागिरे हुनु अघि राजिवले एनआरटी र संकटा क्लबबाट समेत शिर्ष डिभिजन खेलेका थिए । क्षमता र राम्रो पेशा हुँदाहुँदै राजिवले पनि विदेशलाई नै अन्तिम गन्तव्यका रुपमा रोजेका छन् । र, फुटबल खेलाडीहरुको विदेश पलायनको यो क्रम अझै जारी रहने निश्चित पनि छ ।

Post Comments