News मलेसियामा दोस्रो गोर्खाली कप हुने
गोलनेपाल

काठमाडौं । ‘एकता, सद्भाव र स्वास्थ्य प्रवद्र्धन’ भन्ने नाराका साथ गोर्खाली फुटबल क्लब, मलेसियाको आयोजनामा आउँदो अप्रिल १० र ११ तारीखका दिन दोस्रो गोर्खाली कप फुटबल प्रतियोगिता हुने भएको छ ।

मलेसियन शहर जोहोर स्थित बातुपाहात रंगशालामा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । मलेसियामा रहेका प्रवासी नेपालीहरुबीच फुटबलको माध्यमबाट भाईचारा र सद्घाव कायम गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले बतायो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद २५ हजार मलेसियन रिंगिट हात पार्नेछ भने उपविजेताले १० हजार मलेसियन रिंगिटसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

प्रतियोगिताको आधिकारिक मिडिया पार्टनरमा गोलनेपाल डटकम रहेको छ । र, गोलनेपालले सबै खेलहरु प्रतयक्ष प्रसारण समेत गर्नेछ ।

Post Comments