
काठमाडौं । साउदी अरेबियामा जारी वाफ महिला च्याम्पियनसिपतर्फ आज राती हुने फाइनलमा नेपालको सामना साविक विजेता तथा बलियो जोर्डनसँग हुँदैछ । खेल जेद्दाह शहरको प्रिन्स अब्दुला अल–फैजल स्पोर्टस सिटी स्टेडियममा राती ९ः४५ बजेदेखि शुरु हुँदैछ ।
पहिलो सहभागिता मै फाइनल प्रवेश गरेको नेपाल पहिलो उपाधि जित्ने योजनामा पनि छ । यद्यपि, नेपालका लागि त्यो उपाधि जित्ने योजना त्यति सहज भने हुने छैन । भरपर्दा र नियमित फरवार्ड साबित्रा भण्डारीले फाइनल नखेल्ने भएपछि नेपाललाई केही मानसिक दबाब हुने निश्चित छ ।
प्रतियोगिताभरि कुल ९ गोल गर्दै सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा अगाडी रहेकी साबित्राको अभाव आज जोर्डन विरुद्ध खट्किने निश्चित प्रायः छ । तर पनि बलियो जोर्डन विरुद्ध नेपालले राम्रो चुनौति पेश गर्नेमा सबै आशावादी पनि छन् ।
फाइनल यात्रा तय गर्ने क्रममा जोर्डनले सेमिफाइनलमा प्यालेस्टाइनलाई ५–० को फराकिलो अन्तरले हराएको थियो भने नेपालले लेबनानमाथि २–१ को रोमाञ्चक जित दर्ता गरेको थियो । फिफा वरियताको १०५औं स्थानमा रहेको नेपाल र ७४औं स्थानमा रहेको जोर्डन बिचको फाइनल खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)