कैलालीको गौरीगंगामा हुने चौथो संस्करणको गौरीगंगा गोल्डकपको तयारी पुरा भएको छ ।
गौरीगंगा– ११ स्पोर्टस क्लबको आयोजनामा हुने गोल्डकपको तयारी पुरा भएको हो । मैदान ममर्मतदेखिका सबै तयारी पुरा भएर उद्घाटनको तयारीम रहेको आयोजक गौरीगंगा– ११ स्पोर्टस लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री प्रकाश देउवाले गर्ने भएका छन् । प्रतियोगिता गौरीगंगाको लिक्मा खेल मैदानमा सञ्चालन हुनेछ । कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यो सिजन १० टोलीको सहभागिता रहेको छ । यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन । कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।
अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको जानकारी दिए ।
प्रतियोगिताको उद्घाटन खेलमा घोडाघोडी युवा क्लब र सुदूरपश्चिम–११ स्पोर्टस क्लबका बीचमा हुने छ । प्रतियोगिताको दोस्रो दिन फागुन २० गते स्टार सिटी र बीएस–१५ बीच खेल हुनेछ । २१ गते आयोजक गौरीगङ्गा–११ सित ब्ल्याक एन्जल भिड्नेछ । २२ गते डिडिएससी र फारवेस्ट पशुपती भिड्नेछन् भने २३ गतेदेखि क्वाटर फाइनलका खेल हुनेछन् । फारवेस्ट स्पोर्टस र रानी वन सिधै क्वाटरफाइनलदेखि मैदानमा हुनेछन् । २५ र २६ गते सेमिफाइनल र २८ गते फाइनल खेल हुने आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख छ ।
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन
- सैपाल युथ क्लबको ऐतिहासिक फाइनल यात्रा, १४ जीआर एफसीलाई हराउँदै उपाधि नजिक
- आयोजक युथ अफ टीकापुर फाइनलमा, प्रतीक्षा शीर्ष गोलकर्ताको दौडमा अग्रस्थानमा
- १४ जीआर एफसी सेमिफाइनलमा प्रवेश
- प्राविधिक कारणले १४ जीआर एफसी र एनवाइएमईएस बर्दियाबीचको खेल स्थगित, अब वैशाख ३० गते हुने