झापा गोल्डकपकाे छैटौं संस्करण आजदेखि बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सुरु हुँदैछ ।
उद्घाटन खेलमा संकटा क्लब र एपीफबीच प्रतिस्पर्धा हुँदैछ । गोल्डकपको तयारीस्वरुप बिर्तामोडको मुख्य चोक सिँगारिएको छ । सरसफाई गरिनुका साथै प्रचारप्रसार तीव्र बनाइएको छ । हेरिरहुँ लाग्नेगरी रंगशाला चिटिक्क बनाइएको छ ।
उद्घाटनको क्रममा गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीको प्रस्तुति रहनेछ । यस्तै, धुलाबारीको इष्ट होराइजन इङलिस स्कुलका विद्यार्थीले मार्चपाससँगै विभिन्न प्रस्तुति दिने तालिका रहेको छ । दुई वर्षपछि हुन लागेको झापा गोल्डको भव्य तयारी सम्पन्न भएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । उनले सबैको सहयोगबाट गोल्डकप सफल हुने बताएका छन् ।
१० हजारभन्दा बढी दर्शकले गोल्डकप हेर्न मिल्नेगरी बाँसको प्यारापिट तयार गरिएको छ । यती बु्रअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्लबसहित १० टोली सहभागी छन् । आयोजकका तर्फबाट झापा ११ एफसीले प्रतिस्पर्धा गर्नेछ ।
गोल्डकपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ । झापा गोल्डकपको छैटौँ संस्करण सम्पन्न गर्न एक करोड ४० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा