News नेपालको खराब शुरुवात
गोलनेपाल

काठमाडौं । यहाँ जारी साफ यु-१६ महिला च्याम्पियनसिपमा आयोजक राष्ट्र नेपालले हारका साथ प्रतियोगितामा खराब शुरुवात गरेको ।

शनिबार एन्फा कम्प्लेक्समा भएको आफ्नो पहिलो खेलमा नेपालले गत संस्करणको उपविजेता बंहलादेशस्ँग ०-२ को हार बेहोर्दै खराब शुरुवात गरेको हो ।

बंगलादेशको जितमा खेलको २४ र ३१औं मिनेटमा सौरभी आकन्दाले गोल गरिन । नेपालले आफ्नो आगामी खेल सोमबार भुटानसँग खेल्नेछ । त्यस्तै बंगलादेशले भने मंगलबार भारतको सामना गर्नेछ ।

सिंहल राउन्ड रोबिन लिगका आधारमा जारी प्रतियोगिताको लिग चरणको खेलपश्चात शिर्ष दुई टोली फाइनलमा प्रवेश गर्नेछन । फाइनल यही मार्च १० तारीखका दिन हुनेछ ।

Post Comments