News
मच्छिन्द्रलाई केपी ओली कपको उपाधि
काठमाडौं । दोस्रो केपी ओली कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि मच्छिन्द्र फुटबल क्लबले जितेको छ । शनिबार भएको फाइनलमा मच्छिन्द्रले नयुरोडटिम (एनआरटी) लाई टाईब्रेकरमा हराउँदै उपाधि उचाल्न सफल भएको हो ।
त्यसअघि दशरथ रंगशालामा भएको निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । टाईब्रेकरमा भने मच्छिन्द्रले एनआरटीमाथि ५–४ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो । विजेता बनेको मच्छिन्द्रले उपाधिसहित नगद ११ लाख हात पारेकोछ भने उपविजेता एनआरटीले ५ लाखमा चित्त बुझाएको छ ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा फागुन ११ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।
Post Comments
Related News
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै