News सबिता, रेखा, पुजा र अनिता सम्मानित
गोलनेपाल

काठमाडौं । साउदी अरेबियामा भर्खरै सम्पन्न वाफ महिला च्याम्पियनसिप खेलेर फर्किएका राष्ट्रिय महिला फुटबल टोलीका चार सदस्यहरु सबिता राना मगर, रेखा पौडेल, पुजा राना र अनिता बस्नेत सम्मानित भएका छन् ।

यी चार खेलाडीहरुलाई इनसाइट भिजन सेकेण्डरी स्कुलले एक कार्यक्रमको बीचसम्मानपत्र र १० हजार नगदसहित सम्मानित गरेको हो । वाफ महिला च्याम्पियनसिपतर्फमा उत्कृष्ट प्रदर्शन गरेपछि खेलाडीहरुलाई हौसला प्रदान गर्न सम्मानित गरिएको स्कुलले जनाएको छ ।

स्मरण रहोस, गत फेब्रुअरी १९ देखि २९ तारीखसम्म साउदी अरेबियाको जेद्दाह शहरमा भएको वाफ महिला चयाम्पियनसिपतर्फ नेपाल उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सहभागिता मै फाइनलसम्म पुगेको थियो । फाइनलमा भने साविक विजेता जोर्डनसँग टाईब्रेकरमा पराजित हुन पुगेको थियो ।

Post Comments