News चौथो इटहरी भेट्रान गोल्डकपको तयारी पूरा (खेलतालिकासहित)
गोलनेपाल

इटहरी । हाम्रो इटहरी भेट्रान क्लब, इटहरी, सुनसरीको आयोजनामा यही फागुन २६ गतेदेखि शुरु हुन गईरहेको चौथो इटहरी भेट्रान गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । आयोजकले सोमबार इटहरी स्थित मदानी होटलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको तयारीबारे जानकारी गराएको हो ।

इटहरी–५, पचरुखी स्थित जनता बहुमुखी क्याम्पसको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका समेत सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेलमा फागुन २६ गतेका दिन दमक लखनपुर भेट्रान क्लब, झापा र राजारानी भेट्रान क्लब, धनकुटा भिड्ने छन् । नेपाल र भारतका गरी कुल ९ टोलीहरु सहभागि रहने प्रतियोगिताको फाइनल खेल चैत्र ३ गतेका दिन हुनेछ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ११ हजार हात पार्नेछ भने उपविजेताले ६१ हजार प्राप्त गर्नेछ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद २१०० र ट्रफी प्रदान गरिनेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई जनही ३५–३५०० र ट्रफी प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भने नगद ७००० सहित ट्रफी प्राप्त गर्ने पनि आयोजकले जानकारी दियो ।

 

Post Comments