News अनिताले आई लिग खेल्ने
गोलनेपाल

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी नियमित सदस्य अनिता केसीले भारतको चर्चित वुमन्स आई लिग खेल्ने भएकी छिन ।

अनिताले किकस्टार्ट एफसीका लागि पहिलोपल्ट आई लिग खेल्ने भएकी हुन । गत महिना सप्पन्न वाफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रीति राई घाइते भएपछी उनको स्थानमा अनिताले किकस्टार्टमा अवसर पाएकी हुन ।

अनिता आई लिग खेल्न कै लागि भारततर्फ समेत प्रस्थान गरेकी छिन । स्मरण रहोस, नेपाली महिला फुटबल टोलीकै कप्तान अन्जिला सुब्बा, गीता राना, दिपा शाही, रेखा पौडेल लगायतले पनि आई लिग खेलिरहेका छन ।

Post Comments