News
सेनामा शर्मिलाको पदोन्नति

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड शर्मिला मगरको आफू कार्यरत सेनामा पदोन्नति भएको छ ।
बिभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित सदस्य समेत रहेकी शर्मिलाको हवल्दार पदमा पदोन्नती भएको हो ।
पछिल्लो समय फुटबलमा त्यति नदेखिएकी शर्मिलालाई यसबारे प्रश्न गर्दा उनी भन्छिन, "सेनाको मिसनमा पनि जानुपर्यो । मिसनमा गएपछी फुटबललाई समय दिन सकिएन । अब फेरि छिटै फुटबल फर्किन्छु ।"
शर्मिलाका अनुसार मिसन मै रहेकाले राष्ट्रिय टोलीमा पनि समय दिन नसकेको बताउँदै उनले राष्ट्रिय टोलीमा पनि छिटै पून:रागमन गर्ने विश्वास व्यक्त गरिन ।
त्यस्तै सेनामा भएको आफ्नो पदोन्नतिलाई लिएर पनि उत्साहित रहेको बताईन । खेलसँगै देशका लागि केही गर्ने जिम्मेवारी अझै थपिएको उनले प्रतिक्रिया दिईन ।
Post Comments
Related News
- विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ सेमिफाइनलमा
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- बागमती प्रदेश मुख्यमन्त्री कप महिला फुटबल प्रतियोगिता हुँदै
- अन्जनाको नयाँ गन्तव्य एपिएफ
- सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)