News
सातौं मेयर कप महिला फुटबल प्रतियोगिता आजदेखि (खेलतालिकासहित)

भोजपुर । भोजपुर जिल्ला फुटबल संघ, भोजपुरको आयोजनामा हुँदै आएको मेयर कप महिला फुटबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ ।
भोजपुर–७, कोदारमा रहेको रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा १ः३० बजे धनकुटा नगरपालिका र मोर्डन इरा बिराटनगर भिड्नेछन् । त्यस्तै ३ बजे शुरु हुने दोस्रो खेलमा खाँदीबारी नगरपालिका र कनकाई झापा भिड्ने छन् । कुल ६ टोलीहरु सहभागि प्रतियोगिताको फाइनल खेल चैत्र २२ गतेका दिन हुनेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,०५,५५५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले जानकारी दिए । त्यस्तै विधागततर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष सुवालले बताए ।
Post Comments
Related News
- एएफसी महिला एसियन कप छनौटमा नेपालको चुनौति समाप्त
- नेपाल एएफसी महिला एसियन कपमा छनौट भए सबै खेलाडीहरुलाई जनही ५० हजार दिने खेल अभियन्ता गुरुङ्गको घोषणा
- झापा महिला गोल्डकपलाई शिवसताक्षी नगरपालिका र वडाहरुको साथ
- नेपालको लगातार दोस्रो जितमा साबित्राको लगातार दोस्रो ह्याट्रिक
- साबित्राको अन्तर्राष्ट्रिय गोलसंख्यामा छलाङ्ग