News पाकिस्तान फुटबलमा भित्रियो 'स्पेनिस टेक्निक'
गोलनेपाल

काठमाडौं । पाकिस्तान फुटबल फेडरेशनले आफ्नो प्राविधिक निर्देशक (टेक्निकल डाइरेक्टर) मा स्पेनका डेनिल लिमोनेसलाई नियुक्त गरेको छ ।

३४ बर्षिय डेनिल यसअघि स्पेनिस जायन्ट एटलेटिको मेड्रिडमा आवद्ध रहेर कार्यरत थिए । त्यति मात्र नभएर उनी पाकिस्तान कै लाहोरमा सञ्चालित क्लबको एकेडमीमा मुख्य प्रशिक्षक तथा एकेडेमी म्यानेजरका रुपमा समेत कार्यरत थिए ।

व्यवसायीक फुटबलमा पोख्त मानिएका डेनिलले युइएफएको व्यवसायीक लाइसेन्स हात पारेका छन् । साथै उनले खेलकुद व्यवस्थापनमा मास्टर्स डिग्री समेत गरेका छन् ।

उनको अनुवन्धबारे पाकिस्तान फुटबल फेडरेशनले पनि पुष्टी गरेको छ । साथै उनको आगमनले पाकिस्टानी फुटबलले आगामी दिनहरुमा थप फड्को मार्ने विश्वास समेत गरेको छ ।

Post Comments