गौरीगंगा । रोमाञ्चक जितका साथ फारवेस्ट पशुपति क्लब जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको क्वाटरफाइनलतर्फ रानीबन क्लबलाई ३–२ ले हराउँदै फारवेस्ट पशुपति अन्तिम चारमा प्रवेश गरेको हो । गौरीगंगा खेलमैदानमा भएको खेलमा फारवेस्टका लागि शिशिर केसी, बिबेक शाही र सन्दिप धामीले गोल गरे ।
उता पराजित रानीबनका लागि दुवै गोल श्याम बयधीले गरे । खेलमा फारवेस्ट पशुपतिका शिशिर केसी म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता अन्तर्गत फागुन २८ गते सोमबारको पहिलो सेमिफाइनल खेल स्टार सिटी ब्वाईज युनियन र फारवेस्ट स्पोर्टस क्लब बीच हुने आयोजकले जानकारी दियो ।
गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।
- सुर्मादेवी महिला च्याम्पियन, ईलाईटले जित्यो पुरुष उपाधि
- महिलातर्फ सुर्मादेवी र पुरुषतर्फ संघर्ष फाइनलमा
- पुरुषतर्फ ईलाईट फाइनलमा, महिलातर्फ न्यू कालिकाको शानदार जीत; सोमबार अन्तिम सेमिफाइनल
- सुदूरपश्चिम प्रहरी र नमोबुद्ध सेमिफाइनलमा
- युवा सुन्दर शक्ति र ईलाईट पुरुष क्वार्टरफाइनलमा, सुर्मादेवी महिला सेमिफाइनलमा