News प्रथम वडा अध्यक्ष कपः वडा नम्बर १ फाइनलमा
गोलनेपाल

गोलबजार । प्रभावशाली जितका साथ वडा नम्बर १ यहाँ जारी प्रथम वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने पहिलो टोली बनेको छ ।

गोलबजार(२, गुरुधाम स्थित एकीकृत खेलग्राममा भएको पहिलो सेमिफाइनलतर्फ वडा नम्बर १ ले वडा नम्बर १० लाई ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

खेलमा वडा नम्बर १ का मनिष बलम्पाकी म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत फागुन २८ गते सोमबारको दोस्रो सेमिफाइनल खेल वडा नम्बर २ र वडा नम्बर ६ बीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका, वडा नम्बर २ को कार्यालय, लालपुर, सिरहाको आयोजना तथा गोलबजार नगरपालिका, गोलबजार, सिरहाको संरक्षकत्वमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५१ हजार हात पार्नेछ भने उपविजेताले ३१ हजार प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ३० गतेका दिन हुनेछ ।

Post Comments