गौरीगंगा । स्टार सिटी ब्वाईज युनियन क्लब यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलतर्फ स्टार सिटी ब्वाईज युनियनले फारवेस्ट स्पोर्टसलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
गौरीगंगा खेलमैदानमा भएको खेलमा स्टार सिटी ब्वाईज युनियनका लागि नरेन्द्र चौधरी, कुवेर सिंह र हिकमत क्षेत्रीले गोल गरे । पराजित फारवेस्ट स्पोर्टसका लागि धिरेन्द्र श्रेष्ठ र सन्दिप श्रेष्ठले गोल गरेका थिए । खेलमा स्टार सिटी ब्वाईज युनियनका भुपेन्द्र शाह म्यान अफ द म्याच चुनिए ।
प्रतियोगिता अन्तर्गत फागुन २९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक गौरीगंगा–११ स्पोर्टस क्लब र फारवेस्ट पशुपति युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।
गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।
- महिलातर्फ न्यू कालिका वाकओभरबाट सेमिफाइनलमा, पुरुषतर्फ सुदूरपश्चिम प्रदेश प्रहरी क्वार्टरफाइनलमा
- वनदेवी क्वार्टरफाइनलमा, चारपातेलाई पेनाल्टीमा ३–० ले हरायो
- कैलालीको लम्कीचुहामा ‘न्यू ज्योति कप २०८३’ र तीज मेला हुने
- सुदूरपश्चिमको ऐतिहासिक २७औँ महिला तथा पुरुष फुटबल प्रतियोगिताको तयारी सुरु
- सजिनाको निर्णायक गोलमा आयोजक युथ अफ टीकापुर च्याम्पियन