News स्टार सिटी ब्वाईज युनियन फाइनलमा
गोलनेपाल

गौरीगंगा । स्टार सिटी ब्वाईज युनियन क्लब यहाँ जारी चौथो गौरीगंगा गोल्डकप राष्ट्रिय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको सेमिफाइनलतर्फ स्टार सिटी ब्वाईज युनियनले फारवेस्ट स्पोर्टसलाई ३–२ ले हराउँदै उपाधि नजिक पुगेको हो ।

गौरीगंगा खेलमैदानमा भएको खेलमा स्टार सिटी ब्वाईज युनियनका लागि नरेन्द्र चौधरी, कुवेर सिंह र हिकमत क्षेत्रीले गोल गरे । पराजित फारवेस्ट स्पोर्टसका लागि धिरेन्द्र श्रेष्ठ र सन्दिप श्रेष्ठले गोल गरेका थिए । खेलमा स्टार सिटी ब्वाईज युनियनका भुपेन्द्र शाह म्यान अफ द म्याच चुनिए ।

प्रतियोगिता अन्तर्गत फागुन २९ गते मंगलबारको दोस्रो सेमिफाइनल खेल आयोजक गौरीगंगा–११ स्पोर्टस क्लब र फारवेस्ट पशुपति युवा क्लब बीच हुने आयोजकले जानकारी दियो ।

गौरीगंगा–११ स्पोर्टस क्लब, गौरीगंगा–८, कैलालीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ६ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत्र १ गतेका दिन हुनेछ ।

Post Comments