News हेटौडा मेयर कप चैत २४ गतेदेखि
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । नगर खेलकुद विकास समिति, हेटौडा उपमहानगरपालिकाको आयोजनामा आउँदो चैत २४ गतेदेखि चौथो मेयर कप फुटबल प्रतियोगिता हुने भएको छ ।

हेटौडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा हुने प्रतियोगितामा सहभागिताका लागि यही चैत १५ गतेसम्म नगरका सम्पूर्ण वार्डहरुलाई टिमदर्ता गराउन जानकारी समेत गराइएको छ ।

हेटौडा उपमहानगरपालिकाको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । त्यस्तै तेस्रो स्थान हासिल गर्ने टोलीले पनि नगद ५० हजार ाउने नगर खेलकुद विकास समिति, हेटौडाका अध्यक्ष रविन्द्र प्रसाद घिमिरे बताए ।

त्यसैगरी विधागततर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार हात पार्नेछ भने अन्य विधातर्फका खेलाडीहरुले जनही ५–५ हजार सहित ट्रफी प्राप्त गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए ।

हेटौडाका वडा टिमहरुबीच प्रतिस्पर्धा गराई क्षमतावान खेलाडीहरुको पहिचान गरी एउटा राम्रो नगरस्तरीय फुटबल टिम तयार पार्ने योजना रहेको समेत आयोजकले बतायो ।

Post Comments