News जापानमा प्रथम पनौती–११ गोल्डकप हुने
गोलनेपाल

काठमाडौं । पनौती–११ फुटबल क्लबको आयोजनामा जापानको चिबा शहरमा आगामी अप्रिल २८ तारीखका दिन प्रथम पनौती–११ गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी पनि शुरु भईसकेको टिम व्यवस्थापक केशव न्यौपानेले बताए । साथै प्रतियोगितामा कुल २८ टोलीहरुको सहभागिता रहने पनि व्यवस्थापक न्यौपानेले बताए ।

त्यस्तै प्रतियोगिताको टिमदर्ता पनि खुला गरिएको छ । टिमदर्ता शुल्क ४१००० जापानिज येन तोकिएको छ । प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५,११,१११ येन हात पार्नेछ भने उपविजेता २,११,१११ येन हात पार्ने आयोजकले जानकारी दियो ।

त्यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजक क्लब कै अर्का सदस्य साजन प्रधानले जानकारी दिए ।

Post Comments