News अष्ट्रेलियाका स्टार कप्तानको सन्यास
गोलनेपाल

काठमाडौं (एजेन्सी) । अष्ट्रेलियन फुटबल टोलीका स्टार मिडफिल्डर माइकल जेडिनाकले सक्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । गत बर्षसम्म इङलिस क्लब एस्टन भिल्लाका लागि खेलेका जेडिनाकले करियरको उत्कृष्ट र लामो स्पेल अर्को इङलिस क्लब क्रिस्टल प्यालेसमा बिताएका थिए ।

३५ बर्षको उमेरमा सक्रिय फुटबलबाट सन्यास लिएका जेडिनाकले अष्ट्रेलियाका लागि थुप्रैपटक कप्तानी जिम्मेवारी समेत सम्हालेका थिए । सन् २०१५ मा घरमै भएको एएफसी एसियन कप अष्ट्रेलियाले जित्दा जेडिनाक नै टोर्लीका महत्वपुर्ण सदस्य र कप्तान समेत थिए ।

सन् २०१८ को अक्टुबरमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनुअघि जेडिनाकले अष्ट्रेलियाका लागि कुल ७९ खेल खेल्दै २० गोल समेत गरेका थिए । साथै उनले अष्ट्रेलियाका लागि सन् २०१०, २०१४ र २०१६ को फिफा विश्वकप र दुई एसियन कप समेत खेलेका थिए ।

सन् २००१ मा घरेलु क्लब सिड्नी युनाइटेडबाट व्यवसायीक फुटबल शुरु गरेको जेडिनाकले आफ्नो करियर भरि समग्रमा ४२१ खेल खेल्दै कुल ३९ गोल समेत गरे । डिफेन्सिव मिडफिल्डमा आफूलाई पोख्त बनाएका जेडिनाक टोलीका क्लब र राष्ट्रिय टोलीका लागि भरपर्दा खेलाडी समेत थिए ।

Post Comments