News साबित्राको टोली पेरिससँग निराश
गोलनेपाल

काठमाडौं । फ्रान्सको शिर्ष डिभिजन लिग खेलिरहेकी नेपालकी स्टार फरवार्ड साबित्रा भण्डारीको टोलीले सिजनको १७औं खेलमा १०औं हार बेहोरेको छ । शनिबार हार बेहोर्ने क्रममा साबित्राको टोली गुइनग्याम्प घरेलु मैदानमा पेरिस एफसीसँग ४–० ले निराश बन्न पुग्यो ।

साबित्राले क्लबमा आवद्ध भए यता पहिलोपटक टोलीको पहिलो रोजाई मै रहेर खेले तापनि टोलीलाई पराजयबाट जोगाउन सकिनन् । गुइनग्याम्पले आफ्नो आगामी खेल आउँदो शनिबार २३ मार्चका दिन डिजोनसँग खेल्नेछ ।

शनिबारको नतिजापछि १७ खेलबाट १५ अंक जोडेको गुइनग्याम्प लिगतालिकाको १०औं स्थानमा छ । र रेलिगेशन क्षेत्रभन्दा एक स्थान मात्र माथि छ । त्यस्तै पेरिस भने ३७ अंकका साथ तेस्रो स्थानमा छ । लिगतालिकाको शिर्ष स्थानमा भने ४९अंकका साथ लियोन रहेको छ ।

Post Comments