News एनआरटीलाई २४औं बुढासुब्बा गोल्डकपको उपाधि
गोलनेपाल

धरान । शनिबार सम्पन्न २४औं बुढासुब्बा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको उपाधि न्युरोडटिम (एनआरटी) ले जितेको छ । फाइनलमा मोरङ जिल्ला फुटबल संघलाई हराउँदै एनआरटी च्याम्पियन बनेको हो ।

धरान रंगशालामा भएको फाइनल भिडन्तमा एनआरटीले मोरङमाथि २–१ को जित निकाल्यो र १६ वर्षपछि बुढासुब्बा गोल्डकपको उपाधि उचाल्न सफल भयो । स्मरण रहोस, यसअघि एनआरटीले अन्तिमपटक प्रतियोगिताको १०औं संस्करण जितेको थियो ।

एनआरटीको जितमा आफिज ओलावले र सरोज तामाङले गोल गरेका थिए । पराजित मोरङका लागि भने उमेश कार्कीले एक मात्र गोल फर्काएका थिए । 

विजेता बनेको एनआरटीले उपाधिसहित नगद १० लाख हात पार्यो भने उपविजेता मोरङले ५ लाखमा चित्त बुझायो । धरान फुटबल क्लब, सुनसरीको आयोजनामा फागुन २६ गतेदेखि शुरु भएको प्रतियोगितामा नेपाल र भारतका गरी कुल ८ टोलीहरुले सहभागिता जनाएका थिए ।

 

Post Comments