News जापानलाई हराउँदै उत्तर कोरिया बन्यो च्याम्पियन
गोलनेपाल

काठमाडौं (एजेन्सी) । पछिल्ला लगातार तीन फाइनलमा पराजित भएको उतर कोरियाले चौथो फाइनलमा भने जापानलाई नै हराउँदै एएफसी यु-२० वुमन्स च्याम्पियनसिपको उपाधी जितेको छ ।

शनिबार उज्वेकिस्तानको तश्केन्ट स्थित जार स्टेडियममा भएको फाइनल भिडन्तमा उत्तर कोरियाले जापानलाई २-१ ले हराउँदै लगातार चौथो फाइनल भेटमा उपाधी चुम्न सफल भएको हो ।

उत्तर कोरियाको समग्रमा यो दोस्रो उपाधी समेत हो । यसअघि उत्तर कोरियाले सन २००७ मा चीनमा भएको चौथो संस्करणको उपाधी पहिलोपल्ट जितेको थियो ।

त्यस्तै शनिबार नै फाइनल अघि जार स्टेडियम मै भएको तेस्रो स्थानको प्ले अफ म्याचमा अष्ट्रेलियाले दक्षिण कोरियालाई १-० ले हरायो । स्मरणीय छ, सेमिफाइनलमा अष्ट्रेलियाले जापानसँग हार बेहोरेको थियो भने दक्षिण कोरियाले उत्तर कोरियासँग हार बेहोर्न पुगेको थियो ।

यद्यपि सेमिफाइनलमा प्रवेश गरेका चार टोलीहरु उत्तर कोरिया, जापान, अष्ट्रेलिया र दक्षिण कोरिया यसै बर्षको अगस्तमा कोलम्बियामा हुने फिफा यु-२० वुमन्स विश्वकपका लागि समेत छ्नौट भएका छन ।

Post Comments