News १४औं इटहरी गोल्डकपको तयारी पूरा (खेलतालीकासहित)
गोलनेपाल

इटहरी । यही चैत १० गतेदेखी शुरु हुन गईरहेको कन्ट्रोल लुब्रीकेन्टस १४औं इटहरी गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

इटहरी रंगशालामा साँझ ६ बजेदेखी रात्रीकालिन रुपमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत १० गतेका दिन एपिएफ फुटबल क्लब, काठमाडौं र सगरमाथा युथ क्लब, मोरङ भिड्नेछन ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहने प्रतियोगिताको फाइनल खेल चैत १७ गतेका दिन हुनेछ ।

Post Comments