News बहराइन विरुद्ध तीन खेलाडीको अन्तर्राष्ट्रिय डेब्यु
गोलनेपाल

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को छनौट प्रतियोगिता अन्तर्गत शुक्रबार बिहान सम्पन्न भएको खेलमा नेपालका लागि तीन खेलाडीहरुले अन्तर्राष्ट्रिय डेब्यु गरेका छन् ।

घरेलु म्याचका रुपमा बहराइन विरुद्ध भएको सो खेलमा नेपालका लागि अभिषेक लिम्बु, सन्जित राई र समिर तामाङले अन्तर्राष्ट्रिय डेब्यु गरेका हुन् । अभिषेकले भने पहिलो रोजई मै रहेर डेब्यु गरेका थिए ।

सन्जित र समिरले भने वैकल्पिक खेलाडीका रुपमा मैदानमा प्रवेश गरेका थिए । स्मरण रहोस, मलेसिया विरुद्धको मैत्रीपूर्ण अभ्यास खेलमा नेपालले ५–१ को हार बेहोर्दा समिर तामाङले नेपालका लागि एक मात्र गोल फर्काएका थिए ।

बहराइन विरुद्ध भने यी तीनै खेलाडीहरुको डेब्यु सुखद बन्न सकेन । खेलमा नेपालले बहराइनसँग शून्यका विरुद्ध ५ गोलको हार बेहोर्न पुग्यो । अब नेपाल र बहराइन बीचको दोस्रो अवे खेल यही मार्च २६ तारीखका दिन हुनेछ ।

 

Post Comments