News नेगोसिडा क्वाटरफाइनलमा
सुरज राना मगर

तानसेन । नेगोसिडा फुटबल क्लब, बुटवल यहाँ जारी दोस्रो न्यु युथ कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

नेगोसिडाले एलजी एसोसिएसन, रामपुरलाई ४-१ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । नेगोसिडाका लागी बिकास थापाले ह्याट्रीक गरे भने थप एक गोल रेशम गुरुङले गरे । पराजित एलजीका लागि गौरव क्षेत्रीले एक मात्र गोल फर्काए ।

खेलमा ह्यट्रीक गरेका नेगोसिडाका बिकास थापा म्यान अफ द म्याच चुनिए । उनलाई खेलका प्रमुख अतिथी पुर्व अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक राजुकाजी शाक्यले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तर्गत चैत ९ गते शुक्रबारको खेल आयोजक न्यु युथ क्लब (बी) र बगनासकाली-१ बीच हुने खेल संयोजक सन्दिप केसीले जानकारी दिए ।

न्यु युथ युनियन क्लब, तानसेन, पाल्पाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधी सहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments