News एलसी ब्रदर्शलाई नेकोस खेल महोत्सवको उपाधि
उमेश पुन

पोखरा । लेखनाथको भण्डारढिकमा सम्पन्न सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फको उपाधि एलसी ब्रदर्शले जितेको छ ।

भण्डारढिक खेलमैदानमा भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एलसी ब्रदर्श च्याम्पियन बनेको हो ।

एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरे । उपाधिसँगै एलसी ब्रदर्शले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

यस्तै उपविजेता बनेको आदर्श क्लबले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे ।
विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए ।

त्यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने ।

सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भए । गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।

Post Comments