News मरिकलाई माछापोखरी हिटी गोल्डकपको उपाधि
गोलनेपाल

आठराई त्रिवेणी । यहाँ सम्पन्न प्रथम माछापोखरी हिटी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि मरिक फुटबल क्लब, धरानले जितेको छ । मरिकले फाइनलमा डाँडाबजार फुटबल क्लब, धनकुटालाई हराउँदै उपाधि जितेको हो ।

फाइनलमा मरिकले डाँडाबजारमाथि शून्यका विरुद्ध २ गोलको जित निकाल्दै उपाधि माथि कब्जा जमाउन सफल भएको हो । मरिकका लागि सागर तिवारी निर्णायक रहे । टोलीको जितमा दुवै गोल तिवारीले गरे ।

चाँगे माछापोखरी हिटी क्लब, आठराई त्रिवेणी–५, चाँगे, ताप्लेजुङको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता बनेको मरिकले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता डाँडाबजारले १ लाख २० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

Post Comments