News तेस्रो बेलसोत कप चैत १७ गतेदेखी (खेलतालीका सहित)
गोलनेपाल

कटारी । बेलसोत युवा क्लब, कटारी नगरपालिका-१, बेलसोत, उदयपुरको आयोजनामा यही चैत १७ गतेदेखी शुरु हुन गईरहेको तेस्रो बेलसोत कप नकआउट फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।

आयोजक बेलसोत कै खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा चैत १७ गतेका दिन बर्दिबास नगर फुटबल टिम, महोत्तरी र सिशुबारी क्लब, सप्तरी भिड्नेछन । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल चैत २४ गतेका दिन हुनेछ ।

कटारी नगरपालिका, उदयपुरको प्रायोजनमा हुन गईरहेको प्रतियोगिताको विजेता, उपविजेता टोलीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

Post Comments