News आर्मीलाई हराउँदै एनआरटी बिराट गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

बिराटनगर । न्युरोडटिम (एनआरटी) जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको प्रिक्वाटरफाइनलतर्फ एनआरटीले त्रिभुवन आर्मी फुटबल क्लबलाई शून्यका विरुद्ध २ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको हो ।

शहिद रंगशालामा भएको खेलमा एनआरटीका लागि २६औं मिनटमा रिचार्डले पहिलो गोल गरे भने ७८औं मिनटमा आफिज ओलावालेले दोस्रो गोल गर्दै टोलीको जित सुनिश्चित गरे । खेलमा एनआरटीका ओलावाले नै म्यान अफ द म्याच चुनिए । त्यसवापत उनले नगद ११ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तर्गत चैत १७ गते शनिबारको पहिलो क्वाटरफाइनल खेल रोयल थिम्पु कलेज, भुटान र सांग्रिला मोरङ फुटबल संघ, मोरङ बीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments