News वडा अध्यक्ष कप: उपाधिका लागि वडा न १२ र वडा न ७ भिडने
बिक्रम बानियाँ क्षेत्री

हेटौडा । हेटाैडामा भइरहेको अन्तर वडास्तरीय वडा नम्बर १५ वडा अध्यक्ष कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा वडा न १२ र वडा न ७ भिडने पक्का भएको छ ।

गौरीटार रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १२ ले वडा नम्बर ८ लाई ३-१ को अन्तरले पराजित गरि फाइनलमा प्रबेश गर्न सफल भएको हो । खेलमा वडा न १२ का साजन पाख्रिनले तीन गोल गरेका थिए । ८ न वडाको तर्फबाट बिपन घिमिरेले एक गोल फर्काएका थिए । खेलमा ह्याटरिक गरेका साजन नै खेलको म्यान अफ द म्याच घोषित भए ।

शुक्रबार नै भएको दोस्रो सेमिफाइनल खेलमा वडा नं ७ ले वडा नम्बर १५ लाई २-१ गोलले परिजित गर्दै फाइनलमा प्रबेश गर्न सफल भएको छ । खेलमा वडा नम्बर ७ का कुशल अधिकारी र राजु लामाले एक एक गोल गरे त्यसैगरी वडा न १५ का बिश्वास भोलनले एक गोल गर्न सफल भए । खेलमा वडा न ७ का रोशन दोङ खेलको म्यान अफ द म्याच घोषित भए । दुबै खेलको म्यान अफ द म्याचले नगद १५०० सहित ट्रफि हात पारे ।

Post Comments