बिराटनगर । पाहुना टोली सिक्किम ड्रागन्स एफसी, भारत यहाँ जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको दोस्रो क्वाटरफाइनलतर्फ सिक्किमले एनआरटी, काठमाडौंलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । शहिद रंगशालामा भएको खेलमा सिक्किमका लागि ह्यारिसन र आदर्श तामाङले गोल गरे । पराजित एनआरटीका लागि शिशिर लेखीले एक मात्र गोल फर्काएका थिए ।
खेलमा सिक्किमका आदर्श तामाङ म्यान अफ द म्याच समेत घोषित भए । प्रतियोगिता अन्तर्गत चैत १९ गते सोमबारको तेस्रो क्वाटरफाइनल खेल एपिएफ फुटबल क्लब, काठमाडौं र चर्च ब्वाईज युनाइटेड क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।
बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।
- तेस्रो पथरी शनिश्चरे गोल्डकपको मिति घोषणा
- गछिया युवा समाजद्वारा दोस्रो गछिया गोल्ड कपको तयारी तीव्र, ८ टिमको सहभागिता हुने
- पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक
- प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुन्दरहरैँचा खोर्साने गोल्डकपको आयव्यय सार्वजनिक
- इटहरी पेनाल्टी सुटआउटमा विजयी हुँदै फाइनलमा, केराबारीसँग उपाधि भिडन्त तय