News गोलको वर्षा गर्दै गुरुधाम सेमिफाइनलमा
गोलनेपाल

गोलबजार । एकतर्फी फराकिलो जित निकाल्दै गुरुधाम फुटबल क्लब, सिरहा जारी सातौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

आइतबार भएको चौथो तथा अन्तिम क्वाटरफाइनलमा गुरुधामले माँ कामाख्या स्पोर्टस क्लब, बनारस (भारत) लाई शून्यका विरुद्ध ८ गोलको बराबरी अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । गुरुधामका लागि यामी एक्लैले पाँच गोल गरे भने फोडे फोफनाले पनि ह्याट्रिक पूरा गरे ।

खेलमा पाँच गोल गरेका गुरुधामका यामी म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत १९ गते सोमबारको पहिलो सेमिफाइनल खेल बागमती युवा क्लब, सर्लाही र चात्या सा पुस्तकालय, दमक झापा बीच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २२ गतेका दिन हुनेछ ।

Post Comments