News पुलिस कपिलवस्तु तिलौराकोट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

कपिलवस्तु । झिनो अन्तरको जितका साथ नेपाल पुलिस क्लब, काठमाडौं यहाँ जारी कपिलवस्तु तिलौराकोट गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलतर्फ पुलिसले सहारा क्लब, पोखरालाई शून्यका विरुद्ध १ गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । बुद्ध रंगशालामा भएको खेलमा पुलिसका लागि शिशिर चौधरीले एक मात्र निर्णायक गोल गरे ।

प्रतियोगिता अन्तर्गत चैत २० गते मंगलबारको चौथो क्वाटरफाइनल खेल अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र सुदुरपश्चिम–११ बीच हुने आयोजकले जानकारी दियो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५,५५,५५५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments