News रोमानियाः तेस्रो जोशुआ कप फुटसल प्रतियोगिता हुँदै
गोलनेपाल

काठमाडौं । जोशुआ फुटबल क्लब, रोमानियाको आयोजनामा आउँदो मई ४ देखि ६ तारीखसम्म तेस्रो जोशुआ कप फुटसल प्रतियोगिता हुने भएको छ । रोमानियाको राजधानी बुखारेस्ट स्थित प्रोग्रेसुल एरिनामा हुने प्रतियोगिताको आवश्यक तयारी शुरु भईसकेको आयोजकले जानकारी दियो ।

रोमानियामा रहेका प्रवासी नेपालीहरुबीच भेटघाट, भाईचारा, स्वस्थ मनोरञ्जन र आत्मियताका लागि प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको खेल संयोजक दिपक तामाङले बताए ।

प्रतियोगिताको विजेता तथा उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको पनि संयोजक तामाङले जानकारी दिए । त्यसवाहेक विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएकोले उनले बताए ।

Post Comments