News मच्छिन्द्र बिराट गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

बिराटनगर । मच्छिन्द्र फुटबल क्लब, काठमाडौं यहाँ जारी आठौं बिराट गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ ।

मंगलबार भएको चौथो क्वाटरफाइनलमा मच्छिन्द्रले साउदर्न सेमिटी, कोलकाता, भारतलाई २–१ ले हराउँदै अन्तिम चारमा प्रवेश गर्ने चौथो टोली बनेको हो । शहिद रंगशालामा भएको खेलमा मच्छिन्द्रका लागि दुवै गोल स्टेफनले गरे । उता पराजित साउदर्न सेमिटीका लागि सोन हल्दरले एक मात्र गोल फर्काएका थिए ।

खेलमा मच्छिन्द्रका लागि निर्णायक बनेका स्टेफन म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तर्गत चैत २१ गते बिहीबारको पहिलो सेमिफाइनल खेल सांग्रिला मोरङ फुटबल संघ, मोरङ र एपिएफ फुटबल क्लब, काठमाडौं बीच हुने आयोजकले जानकारी दियो ।

बिराट गोल्डकप फुटबल ट्रष्ट, बिराटनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ११ लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही चैत २४ गतेका दिन हुनेछ ।

Post Comments