News गुरुधाम फाइनलमा, उपाधिका लागि चात्या सा पुस्तकालयसँग भिड्ने
गोलनेपाल

गोलबजार । सहज जितका साथ गुरुधाम फुटबल क्लब, सिरहा यहाँ जारी सातौं गोलबजार मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको दोस्रो सेमिफाइनलतर्फ गुरुधामले मुनाल फुटबल क्लब, बिराटनगरलाई ५–१ ले हराउँदै उपाधि नजिक पुगेको हो । गुरुधामको जितमा यामी र फोडे फोफनाले २–२ गोल गरे । थप एक गोल अनिल खड्काले गरे । उता पराजित मुनालका लागि भुवन बस्नेतले एक मात्र सान्त्वना गोल फर्काए ।

खेलमा गुरुधामका कुलदिप कार्की म्यान अफ द म्याच घोषित भए । गुरुधामले अब चैत २२ गते हुने फाइनलमा चात्या सा पुस्तकालय, झापासँग उपाधिका लागि भिड्नेछ । प्रतियोगिता अन्तर्गत चैत २१ गते रौतहट र सर्लाहीको महिला टोली बीच मैत्रीपूर्ण फुटबल म्याच हुने आयोजकले जानकारी दियो ।

गोलबजार नगरपालिका नगर कार्यपालिकाको कार्यालय, गोलबजार, सिरहाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ५१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजार प्राप्त गर्नेछ ।

Post Comments