News दोस्रो सेभेन ए साईड डोलकप हुँदै
गोलनेपाल

ललितपुर । युवा तथा खेलकुद विकास समिति, धापाखेल, ललितपुर–२४ को आयोजनामा आउँदो बैशाख १ गतेदेखि दोस्रो सेभेन ए साईड डोलकप वडा व्यापी फुटबल प्रतियोगिता हुने भएको छ ।

ललितपुर–२४ स्थित स्थानीय खेलमैदानमा हुने प्रतियोगितामा सहभागिताका लागि यही चैत २७ गतेसम्म टिमदर्ता खुला गरिएको छ । साथै टिमदर्ता शुल्क ७५०० तोकिएको पनि आयोजकले जानकारी दियो ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ७७,७७७ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ३३,३३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि उचित पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments