News एन्फा र पाराडाइम ग्रुप बीच सम्झौता
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने एन्फा इन्टर कलेज फुटसल च्याम्पियनसिपका लागि एन्फा र पाराडाइम ग्रुप प्रा.लि. बीच सम्झौता भएको छ ।

सम्झौता अनुसार पाराडाइम ग्रुपले प्रतियोगिताको प्रायोजन अधिकारसँगै होर्डिङ बोर्ड, कमर्सियल, डिजिटल र ब्रोडकास्टिङ अधिकार पनि प्राप्त गरेको छ ।

एन्फा कम्प्लेक्समा भएको सम्झौता कार्यक्रममा पाराडाइम ग्रुपको तर्फबाट सिसन बानियाँ र एन्फाको तर्फबाट महासचिव किरन राईनले सम्झौतापत्रमा हस्ताक्षर र आदानप्रदान समेत गरे ।

Post Comments